अन्नपूर्णबासीलाई प्रचण्डको निम्तो: ‘विकासका लिस्ट लिएर काठमाडौं आउनुस्’

पाेखरा | मंसिर २८, २०७९

अन्नपूर्णबासीलाई प्रचण्डको निम्तो: ‘विकासका लिस्ट लिएर काठमाडौं आउनुस्’

कास्की:  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्नपूर्ण गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधहरुलाई नयाँ सरकार बनेपछि काठमाडौमा निम्तो दिएका छन् ।

 

कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले नयाँ सरकारको नेतृत्व आफुले गर्न सक्ने बताउदै विकास योजनाका लागि निम्तो दिएका हुन् । ‘म अन्नपूर्ण गाउँपालिका तथा यो विद्यालयको प्राध्यापक, शिक्षक साथीहरु र अन्य जनप्रतिनिधिहरुलाई नयाँ सरकार बनिसकेपछि काठमाडौं आउन र यहाँको विकासका निम्ति लिस्ट बनाएर ल्याउन तपाइहरुलाई अनुरोध गर्न चाहान्छु, उनले भने ‘ताकी तपाइहरुले ल्याएको लिस्ट अनुसार मैले सहयोग गर्न सकुँ ।’ 

 

उनले अन्नपूर्ण गाउँपालिकाको फरक विकास निर्माण गर्ने प्रतिवद्धता समेत जनाए ।  ‘यो पटक मैले देशको नेतृत्व गर्ने अवसर पाउँदा अन्नपूर्णमा मैले हामी नरहदा पनि  आउने पिढीले देख्ने, बुझ्ने र सिक्नेगरि विकासका केही परियोजनाहरु अगाडि बढाउने म तपाइहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

 

उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने समेत धारणा राखेका थिए ।


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्